दफा १४
नियमित रूपमा राखिएका खाता, बही, किताब वा अन्य श्रेस्तामा जनिएका कुराहरू
कुनै काम, कारवाई वा व्यवसायको सिलसिलामा नियमितरूपमा राखिएको खाता, बही, किताब, डिजिटल, विद्युतीय माध्यमबाट राखिएका बिवरण वा अन्य स्रेस्तामा नियमित रूपमा चढाएको वा जनाएको कुनै कुरा वा सो काम, कारोबार वा व्यवसायका सम्वन्धमा लेखेको चिठृीपत्र, भरपाई, चलानी वा अन्य कुनै विवरण प्रमाणमा लिन हुन्छ ।